गगन थापाले मारे ह्याट्रिक, देउवा चिन्तामा


ओकेजनता डेस्क
१७ भाद्र २०७८, बिहीबार

काठमाडौं । केही दिनअघि मात्र आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका गगन थापा रामचन्द्र पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।

यसअघिको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट लडेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको हो । संस्थापन इतर समूह एक भएर महाधिवेशनमा उम्मेदवार चयन गर्ने कसरतमा रहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिने हो भने साझा उम्मेदवार उठाउनुपर्ने सो समूहको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्