काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवम् सांसद मेटमणि चौधरी मन्त्री बन्ने पक्कापक्की भएको छ । दाङबाट निर्वाचनमा विजय भएका चौधरीलाई माधवकुमार नेपालले मन्त्री दिने पक्का भएको छ ।
नेकपा एमालेका नेता एवम् पूर्व मुख्यमन्त्री शंकर पोखरेलको चर्को विरोध गर्दै आएका चौधरीलाई पार्टीमा उनको विकल्पका रुपमा हेरिएको छ । पोखरेलसँग टक्कर दिनका निम्ति पनि चौधरीलाई मन्त्री बनाउन पार्टीमा दबाब बढेको छ ।
दाङ जातीय हिसाबमा चौधरीको बाहुल्यता भएको जिल्ला पनि हो । निर्वाचनमा जातीयताको बलियो शक्ति बन्ने हेतुले पनि मेटमणिलाई मन्त्री यसपाली जुरेको छ । दंगाली जनताले पनि आफ्नो प्रतिनिधिलाई यसपटक मन्त्री हेर्न चाहेका छन् ।
मेटमणिलाई मन्त्री बन्नका निम्ति तयार रहन माधव नेपालले भनिसकेको स्रोतले बताएको छ । उनी दौरा सिलाउने तयारीमा छन् ।