विवाह गरेको एक घण्टामै जन्मियो बच्चा !


ओकेजनता डेस्क
१३ आश्विन २०७७, मंगलवार

काठमाडौं । अमेरिकामा विवाह गरेको एक घण्टामै एकजोडीले सन्तान प्राप्त गरेका छन् ।
अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनुअघि विवाह गराइदिन आग्रह गरेको बताए ।

अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए । त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन् ।

उनले छोरीलाई जन्म दिएकी छिन् । जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ । नवविवाहित र नयाँ आमा–बुवालाई बधाई ।

जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ ।

प्रतिक्रिया दिनुहोस्