कांग्रेसको मन्त्री लिष्टमा गगन र मिनेन्द्र अटाएनन्, नेकपा (एस) र माओवादीमा यस्तो छ


ओकेजनता डेस्क
१५ भाद्र २०७८, मंगलवार

काठमाडौं । लामो समयदेखि मन्त्रिमण्डल बिस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डललाई पूर्ण रुप दिने भएका छन् । मन्त्रिमण्डललाई आज बिस्तार गर्न देउवालाई सहज भने छैन । कांग्रेसकै बबिरष्ठ नेता रामचन्द्र पौडेल देउवाको कार्यशैलीप्रति असन्तुष्ट भएका छन् ।

अब बन्ने बाँकी मन्त्री आफ्नो भागमा हुनुपर्ने पौडेललको मागलाई देउवाले वेवास्ता गर्दै आएका छन् । आज हुने मन्त्रिमण्डल बिस्तारमा पनि डा. मिनेन्द्र रिजाल, गगन थापालगायतका अब्बल नेताहरुको नाम छुटेको छ ।

आफ्नै पार्टीका दिग्गज नेताहरुलाई पन्छ्याएर नयाँलाई मन्त्री दिन थालेपछि देउवाको आलोचना शुरु भएको छ । देउवाले पारिवारिक दबाबमा मन्त्री नियुक्त गरिरहेको कतिले आरोप लगाएका छन् । अहिले मन्त्री बन्नेमा दिलेन्द्रप्रसाद बडुको नाम चर्चामा रहेको छ ।

नेकपा एकीकृत समाजवादीको बाटो हेरेको कांग्रेसले आफ्नै पार्टीबाट मन्त्री छान्न नसक्दा समस्या भएको छ । नेकपा (एस)भित्र पाि मन्त्रीका धेरै आकांक्षी देखिएपछि समस्या भएको छ । एसभित्र वेदुराम भुसाल, रामकुमारी झाँक्री, प्रेम आले, मेटमणि चौधरी, शेरबहादुर कुवँर, निरु जैरु, किसान श्रेष्ठलगायत मन्त्रीका आकांक्षी देखिएका छन् ।

मन्त्री बन्न नपाएपछि केहीले एमाले फर्कने संकेत पनि गरेका छन् । हिजोमात्रै नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल दिल्लीमा उपचारपछि फर्किएपछि आज मन्त्रिमण्डल बिस्तार हुँदैछ । झलनाथको कोटाबाट पनि मन्त्री बन्दैछन् ।

नेकपा माओवादी केन्द्रले पनि मन्त्री छान्न सकेको छैन । माओवादीमा मन्त्री बन्नका लागि नारायणकाजी श्रेष्ठदेखि देवेन्द्र पौडेलसम्म आकांक्षी छन् । यसपाली पौडेलको भने मन्त्री पद पक्का भएको छ । माओवादीमा मन्त्री बन्नेको होडबाजी चलेको छ ।

प्रतिक्रिया दिनुहोस्