बिदाई हुने मन्त्री रित्तै हात फर्किने छैनन्, यस्तो छ प्रधानमन्त्रीको सरप्राइज !


ओकेजनता डेस्क
१३ आश्विन २०७७, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रीमण्डल पुनर्गठनमा सहमति जुटिसकेको छ ।

सरकारमा क–कसलाई मन्त्री पठाउने र को–को बाहिरिने भन्नेमा छलफल जारी छ । मंगलबार पनि मन्त्रीमण्डल गठनबारे दुई अध्यक्षबीच छलफल जारी छ ।

मन्त्री बन्नका लागि नेकपाका नेता एवम् सांसद अहिले दौडधुपमा लागेका छन् । नेपाली राजनीतिक वृत्तमा मन्त्रीमण्डल पुनर्गठनलाई चाँसोको रुपमा पनि हेरिएको छ । यो बीचमा सरकारका काम कारबाही र मन्त्रीको आचरणका कारण मन्त्रीमण्डल पुनर्गठनमा अध्यक्षद्वयबीच सहमति भएको छ ।

सरकारलाई पार्टीले चलाउनुपर्ने धारणा राख्दै आउनुभएका अध्यक्ष दाहालको भावनालाई बुझेर प्रधानमन्त्री ओली केही लचिलो भएको नेकपाका नेताहरु बताउँछन् ।

अहिले को–को मन्त्री बाहिरिन्छन् भन्नेमा अड्कल थाप्ने क्रम बढेको छ । तर, नेकपाकै प्रभावशाली नेताहरु मन्त्रीको लिस्टबारे प्रधानमन्त्रीले कसैलाई जानकारी नगराएको बताउँदै आएका छन् ।

यसपाली प्रधामनन्त्री ओलीले बिदाई हुने मन्त्रीलाई समेत प्रफुल्लित पार्ने गरी योजना अगाडि सारेको नेकपा स्रोत बताउँछ । बिदाई भएका मन्त्रीहरु पार्टी, संगठन र अध्ययनमा व्यस्त हुनुपर्नेछ ।

बिदाई हुने मन्त्रीलाई ओलीको गिफ्ट !
बिदाई हुन लागेका मन्त्रीलाई यसपटक प्रधानमन्त्री ओलीले नयाँ अभ्यास थालेको नेकपा स्रोतले जनाएको छ । बिदाई भएर घर फकर्ने बेला मन्त्री रित्तै हात जानुपर्ने छैन ।

उनीहरुलाई प्रधानमन्त्री ओलीले किताबको पोको उपहार दिएर बिर्दाइ गर्ने योजना बनाउनु भएको छ ।


मन्त्रीहरु बाहिरिएपछि पार्टी संगठन र स्व–अध्ययनमा लाग्न प्रेरणा होस् भनेर यो कार्य गर्न लागिएको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ । यसपाली मन्त्रीमण्डलको सेट नै भत्काएर पुनर्गठन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्