मुख्यमन्त्री गुमिसकेपछिको राई पत्नीको पहिलो स्ट्याटस


ओकेजनता डेस्क
१३ भाद्र २०७८, आईतवार

काठमाडौं । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई अहिले पारिवारिक भेटघाटमा व्यस्त छन् । मुख्यमन्त्री पद छुटेसँगै उनले पारिवारिक र जनतासँगको भेटलाई तीब्र बनाएका हुन् ।

राईकी पत्नी ज्याग्मु शेर्पा राईले एक स्ट्याटस लेख्दै भनेकी छिन्, ‘ प्रदेश नं १ मा अवस्थित देशकै सुन्दर र सफा पर्यटकीय शहर धरानमा, पारिवारिक भेटघाटमा हामी ।’

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले राईलाई पनि हुँदाखाँदाको मुख्यमन्त्री पद गुमाउनुपर्यो । उनको पद गएसँगै नवनियुक्त मुख्यमन्त्री भीम आचार्य पनि धरापमा छन् ।

प्रतिक्रिया दिनुहोस्