एमाले १४ जनाको कारबाहीबारे बोल्यो संसद सचिवालय


ओकेजनता डेस्क
१३ भाद्र २०७८, आईतवार

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा पठाएको पत्रबारे संसद सचिवालयले आइतबार टुंगो लगाएको छ ।

माधव नेपाल समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने संसद सचिवालयले निश्कर्ष निकालेको छ ।

संसद सचिवालयको निर्णय उधृत गर्दै स्रोतले भन्यो, ‘माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा एमालेले पठाएको पत्रबमोजिम कारवाही गर्नुपर्ने अवस्था रहेन ।’

माधव नेपालहरुले नयाँ दल दर्ता गर्न लागेपछि एमालेले १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुखले त्यसलाई प्रक्रिया अगाडि नबढाई ‘विचाराधीन’ अवस्थामा राखेका थिए । सभामुखको यो भूमिकाप्रति एमालेले आपत्ति जनाउँदै आएको थियो ।

यही क्रम संसद सचिवालयले उनीहरु एमालेकै सांसद रहेको र एमालेले पठाएको पत्र विचाराधीन अवस्थामा रहेको भन्दै निर्वाचन आयोगलाई पत्र लेखेपछि त्यही आधारमा आयोगले सनाखत गरेर माधव नेपाल पक्षलाई नयाँ दलको मान्यता दिएको थियो ।

नेपाल समूहले दलको मान्यता पाइसकेपछि संसद सचिवालयले १४ सांसदमाथि अब कारवाही गर्नुपर्ने अवस्था नआएको निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्