मन्त्री हुनै लाग्दा सोमप्रसाद पाण्डेलाई यति ठूलो संकट


ओकेजनता डेस्क
११ भाद्र २०७८, शुक्रबार

काठमाडौं । भदौ २ गते दल विभाजनका लागि निवेदन दिन नाम उल्लेख नभएका एमालेका तीन जना सांसदले मंगलबार एकीकृत समाजवादी जान पाउँ भनि निवेदन दिए । तर आयोगले ‘एकै पटक नभएको’ भन्दै बुधबारको सनाखतमा सहभागी गराएन ।

माधव नेपाल नेतृत्वको समाजवादी पार्टीका नेताहरुले थपिएका समेतलाई सनाखत गराएर आफ्नो पार्टीको सांसदमा राखिदिन दबाब दिए पनि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अस्वीकार गरे । यसका कारण नेकपा समाजवादीमा जान लम्सिएका प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र माया ज्ञवाली एवं राष्ट्रियसभाकी शारदा भट्ट रोकिए ।

निर्वाचन आयोगले शुक्रबार संघीय संसदलाई पठाएको पत्रमा पनि सोही व्यहोरा उल्लेख गरेर पठाएको छ । आयोगको पत्रमा भनिएको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई गर्न बनेको दोश्रो संशोधन अध्यादेश २०७८ को दफा ३ को २ बमोजिमाको प्रक्रियामा समावेश गरी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादको सदस्य हुने गरी सनाखत गरी पाउँ भनी संसदका सदस्यहरु माया न्यौपाने (ज्ञवाली), सोमप्रसाद राण्डेय, शारदा भट्ट र झलनाथ खनाल तथा केन्द्रीय समिति सदस्य राजन राईले मिति २०७८÷२÷८ गते मेरा गरेको निवेदन प्राप्त भएको।’

वामदेव गौतम पत्नी तुलसी थापाले पनि सनाखतका लागि निवेदन दिए पनि आयोगले समय सकिएपछि आएको ठहर गर्दै दरपिठ गरेको छ । यसरीमा सनाखतका लागि आवेदन दिए पनि एमालेमै अड्किएको अवस्थामा उनीहरुको सांसद पद के हुन्छ भन्ने चासो बढेको छ ।

वरिष्ठ अधिवक्ता गान्धी पण्डित सनाखत नभएको अवस्थामा उनीहरु एमालेकै सांसद हुने बताउँछन् । उनले भने, ‘नयाँ दलको पक्षमा सनाखत नभएपछि उहाँलाई पार्टी छाडेको भन्न मिल्दैन। उहाँहरु एमालेकै सांसद हुनुहुन्छ ।’ एमालेकै सांसदमा रहेपछि पार्टीले दल त्याग गरेको आधारमा कारबाही गर्न नमिल्ने वरिष्ठ अधिवक्ता पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्