जीआइसीको आइपीओमा १४ गतेसम्म आवेदन, अहिले कति परे ?


ओकेजनता डेस्क
१२ आश्विन २०७७, सोमबार

काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जीआइसी)ले आइतबारदेखि निष्काशन गरेको साधारण शेयर (आइपिओ) मा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ ।

कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्म करिब साढे ३२ लाख कित्ता शेयरको लागि आवेदन परेको हो । शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्पापिटलका अनुसार कम्पनीको आईपीओमा ९७ हजार १ सय ७० वटा आवेदनबाट ३२ लाख ४४ हजार ६३० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको २७ लाख ३० कित्ता भन्दा ५ लाख १४ हजार ६ सय ३० कित्ता बढी हो । जनरल इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आइपिओ) असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन गर्न सकिनेछ ।

जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।

प्रतिक्रिया दिनुहोस्