अर्थमन्त्रालय म हाँक्न सक्छुँ : पाण्डे


ओकेजनता डेस्क
१२ आश्विन २०७७, सोमबार

काठमाडौं । नेकपाका प्रभावशाली नेता पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेले जिम्मेवारी पाए आफू अर्थमन्त्रालय हाँक्न सक्ने दाबी गरेका छन् ।

बजेट निर्माणको खाकालाई जनमैत्री रुपमा ल्याउनसक्ने खुबी आफूमा भएको पाण्डेको दाबी छ ।

पाल्पाबाट पाँचौ पटक निर्वाचनमा विजयी भएका पाण्डेले आफूलाई माधव नेपालको सम्धि भनेर विवादमा ल्याउनु गलत भएको बताएका छन् ।

उनले भने, ‘हाम्रो पारिवारिक नाता होला तर राजनीतिमा मेरो योगदान उत्तिकै छ मलाई कसैको आशिर्वाद आवश्यक छैन ।’

मन्त्री बन्नका लागि आफू दौडधुपमा नरहेको तर विगतमा उद्योग मन्त्रालयमा रहँदा गरेका केही प्रस्ताव र योजनाहरुलाई अगाडि बढाइरहेको पाण्डेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्