धनगढी उप–महानगरपालिका कोरोनाविरुद्धको अभियानमा


ओकेजनता डेस्क
१२ आश्विन २०७७, सोमबार

कैलाली । धनगढी उप–महानगरपालिकाले आइतबारसम्म लक्षण देखिएका र कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा ३ हजार ६ सय ९९ जनाको पिसिआर परीक्षण गरेको छ ।

नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि एक महिनादेखि समुदायमै क्याम्प राखेर पीसीआर परीक्षण गरिरहेको छ । विभिन्न वडामा स्वाबको नमुना संकलनका लागि क्याम्प सञ्चालन गरिएको नगरप्रमुख नृपबहादुर वडले बताए ।

आइतबार मात्रै बाशुदेवी मावि रघुनगरमा क्याम्प राखेर ५० जनाको स्वाब संकलन गरिएको नगरप्रमुख वडले बताए ।

स्वाब दिनेहरुमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु नै बढी भएको स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले बताए । उनले भने, ‘क्याम्पमा कोरोना पोजेटिभ रहेकाहरुको फलोअप परीक्षणका लागि स्वाब संकलन गर्ने काम पनि भैरहेको छ ।

धनगढीमा अहिलेसम्म ५ सय ७१ जनामा कोरोनाको संक्रमण रहेको अहेब दीपक सुनारले बताए । उनले भने, ‘जसमध्ये १ सय ८९ महिला र ३ सय ८२ पुरुष संक्रमित छन् ।

कोरोना संक्रमितहरुको सक्रिय केश १ सय १ जना छन् । अहिलेसम्म ४ सय ६८ जनालाई निको भएको उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अहिलेसम्म धनगढीमा २ जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्