अन्ततः रागनी जे:ल चलान


ओकेजनता डेस्क
९ भाद्र २०७८, बुधबार

काठमाडौं । महोत्तरी जिल्ला अदालतले छोरालाई घाँटी थि:चेर ह:त्या गरेको आरोपमा एक सौतेनी आमालाई जे:ल चलान गरेको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवी सौतेनी आमा ले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थि:चेर ह:त्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई आज पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ । सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुवा चन्द्रकिशोर यादवलाई साधारण तारेखमा छोडिएको छ ।

दश महिनाअघि जेठी पत्नी छँदाछँदै अर्को जातको कान्छी पत्नी रागनी भित्र्याएपछि चन्द्रकिशोरलाई जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय आफ्ना दुई सन्तान छोरालाई पतिकै जिम्मा छाडेर माइती गएर बस्दै आएका बेला गत साउन १४ गते दिउँसो उनको जेठो छोरा पाँच वर्षीय रितेशलाई सौतेनी आमा रागनीले घाँटी थिचेर ह:त्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि जेल पठाएको हो ।

सौतेनी आमा रागनीले बालक रितेशको घाँटी थिचेर ह:त्या गरेर घरदेखि ५० मिटर टाढा रहेको चन्देश्वर साहको बारीमा रहेको अम्बाको रुख नजिकै रहेको परालको कुन्युमुनि छोपेर राखेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । यता घटनापश्चात् आमा र बुवा दुवै जना घरबाट फरार भएका थिए ।

 

प्रहरीले घटना घटाएकै दिन बुवालाई महोत्तरीबाटै र सौतेनी आमालाई धनुषा जिल्लाबाट पक्राउ गरी उनीहरुमाथि कर्तव्य ज्या:न मु:द्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्