सोमप्रसाद पाण्डे मन्त्री बन्दै, यस्तो छ जिम्मेवारी


ओकेजनता डेस्क
९ भाद्र २०७८, बुधबार

काठमाडौं । पूर्व मन्त्री एवम् नेता सोमप्रसाद पाण्डे मन्त्रीको चर्चामा छन् । आफ्नो क्षमता र निष्ठालाई शीरोपर गरेका नेता पाण्डेलाई नवगठित नेकपा एकीकृत समाजवादीले मन्त्री बनाउने लिस्टमा राखेको छ ।

पूर्व उद्योग मन्त्री रहेका पाण्डे पाल्पाबाट निरन्तर निर्वाचनमा विजयी हुँदै आउनुभएको छ । एमालेमा रहँदा पनि निष्ठाको राजनीतिमा रहेका पाण्डे नेकपा एकीकृत समाजवादीलाई बृहत्त पार्टी बनाउने लक्ष्यमा लाग्नुभएको छ ।

पाण्डे भन्नुहुन्छ, ‘पार्टी विभाजन हुनु राम्रो होइन तर, कम्युनिष्ट पार्टी जोगिनु राम्रो पक्ष हो । आज कम्युनिष्ट पार्टी आकारमा सानो लाग्न सक्छ तर यसको बृहत्त सोच र भिजन छ । केही व्यक्ति स्वेच्छाचारी रुपमा अगाडि बढेर कम्युनिष्टको इतिहासलाई बिर्सन सक्छन् ।’

पाण्डेलाई मन्त्री बन्नका निम्ति सहज बाटो भएपनि उनलाई पार्टीका नेता कार्यकर्ताहरुले अझ बढी दबाब दिइरहेका छन् । उनलाई मन्त्री बन्न सबैले आग्रह गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्