जब केपी ओली पत्रकार सम्मेलनमा प्रवेश गरे यस्तो देखियो …


ओकेजनता डेस्क
९ भाद्र २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्रकार सम्मेलन कक्ष तुल्सीलाल प्रतिष्ठानमा आउँदै गर्दा सबै नेताहरुले उठेर स्वागत गरे । कार्यक्रमको समयावधि भन्दा केही ढिलो गरी बैठकस्थल पुगेका अध्यक्ष ओलीलाई नेताहरु पर्खिरहेका थिए ।

पार्टीका उपाध्यक्ष भीम रावल, इश्वर पोखरेल कानेखुसी गर्दै थिए । त्यतिबेला ओलीको प्रवेश भयो । सबै नेता एकैसाथ उठे तर, उपाध्यक्ष रावललाई केही असहज भएको महसुश हुन्थ्यो । ओलीसँग केही समय टाढिएका नेता रावललाई अबको फ्रेममा आउन केही असहज भएको हो की भनेको भान हुन्थ्यो ।

नेपाली संस्कार अनुसार आफूभन्दा ठूलो व्यक्ति आउँदा सम्मान गर्ने चलन छ । तर, कम्युनिष्ट पार्टीको हकमा सबै बराबरको हैसियतमा रहेको कसरत भएको बेला यो सम्मानको अर्थ पुष्ट्याइ गर्न केही समय पक्कै लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्