रामकुमारी झाँक्रीलाई बलियो मन्त्रालय, टुंगियो मन्त्रिमण्डल


ओकेजनता डेस्क
९ भाद्र २०७८, बुधबार

काठमाडौं । शेरबहादु देउवा नेतृत्वको सरकारले मन्त्रिमण्डलको खाका तयार पारेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको टुंगो लागेसँगै मन्त्रिमण्डल बिस्तारको काम अन्तिम चरणमा पुगेको बालुवाटार स्रोतले जनाएको छ ।

केही दिन अघि माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई कलियो मन्त्रालय दिनुपर्ने बताएसँगै झाँक्री मन्त्री बन्ने पक्का भएको छ । यो सँगै नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्नेमा मेटमणि चौधरी पनि लिस्टमा पर्नुभएको छ ।

मन्त्रीका लागि वेदुराम भुसालको पनि आकांक्षा देखिएपछि उहाँकै नेतृत्वमा नेकपा एकीकृत समाजवादी मन्त्रीमण्डलमा सहभागी हुँदै छ । यद्यपि समाजवादीका नेताहरुले मन्त्री पद गौण रहेको प्रतिक्रिया दिँदै आएका छन् ।

नेपाली कांग्रेसले सरकार गठनका निम्ति आफ्नै पार्टी भित्रको विवादलाई समेत मिलाउन सकेको छैन । पार्टीमा पौडेल पक्ष देउवाविरुद्ध कडा रुपमा प्रस्तुत भएको छ ।

प्रतिक्रिया दिनुहोस्