माधव नेपालले लिए कडा डिसिजन, आजै यस्तो गर्ने निर्णय


ओकेजनता डेस्क
९ भाद्र २०७८, बुधबार

काठमाडौं । एमालेबाट अलग्गिएर गएको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना गतिविधहरु ब्ढाउँदै लगेको छ ।

प्रस्तावित नेकपा (एकिकृत समाजवादी)ले निर्वाचन आयोगमा पार्टी दर्ता भएको १० दिन भित्र राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

चन्द्रागिरी रिसोर्टमा दुई दिन अघि शुरु भइ सोमबार अबेर सकिएको केन्द्रीय कमिटी बैठकले १० दिन भित्र राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीले जनाकारी दिए ।

‘१० दिन भित्र राष्ट्रिय भेला÷सम्मेलन बोलाउँछौं,’ उनले भने, ‘त्यसपछि तुरुन्तै महाधिवेशन पनि गर्छौं ।’ प्रस्तावित विधानमा व्यवस्था भए अनुसारको पदाधिकारी पनि राष्ट्रिय सम्मेलनबाटै चयन हुने चौधरीको भनाइ छ ।

बैठकमा एकिकृत समाजवादीको अन्तरिम विधान, घोषणा पत्र र नियमावली पेस भएको थियो । तीन वटै दस्तावेजमा हिजो र आज गरि दुई दिन समूहगत छलफल भएको थियो । छलफलबाट केही सामान्य सुझाव आएको र त्यसै अनुसार केही सच्याएर भोलि निर्वाचन आयोगमा पेश गरिने छ ।

‘बैठकमा पेश भएका दस्तावेज निर्वाचन आयोगलाई चाहिने पु¥याउने प्रस्तावित दस्तावेज मात्रै हुन,’ चौधरीले भने, ‘यसमा केही सुझाव प्राप्त भयो । केही सामान्य ‘करेक्सन’पछि हामी यी सबै भोलि निर्वाचन आयोगमा बुझाउँछौं ।’

आएका सुझावलाई माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालले दस्तावेजिकरण गर्ने छन् । त्यसमा प्रमेश हमाल र बिजय पौडेलले सहयोग गर्ने छन् ।

बैठकमा दिल्लीबाट वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका थिए । समापन सम्बोधनमा माधव नेपालले नयाँ पार्टी गठन गर्नुको औचित्यबारे धारणा राखेका थिए ।

‘केपी ओलीले योजानवद्ध रुपमा बिर्सजन गर्न थालेको कम्युनिष्ट आन्दोलनलाई फेरि पुनःस्थापित गर्ने दायित्व हाम्रो रह्यो,’ नेपालको भनाइ थियो, ‘यदि हामीले यो नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलन ‘कोल्याप्स’ हुन्थ्यो । त्यही कारण नेकपा (एकिकृत समाजवादी) बनाएका हौं ।’

नयाँ पार्टीको दर्ता सनाखत गर्न निर्वाच आयोगले भोलि बोलाएको छ । एकिकृत समाजवादीका केन्द्रीय सदस्य र सांसदहरु चन्द्रागिरी रिसोर्टबाट भोलि सिधै निर्वाचन आयोग जानेछन् । आज साढे ११ बजेदेखि ३ बजेसम्म सनाखत गर्ने समय आयोगले दिएको छ ।

नयाँ पार्टी दर्ताका लागि केन्द्रीय कमिटी वा संघीय संसदीय दलमा २० प्रतिशत हुनुपर्छ । नेपाल पक्षले साविक नेकपा (एमाले)मा केन्द्रीय सदस्य रहेका ६० जना र ३१ सांसद आफ्ना पक्षमा रहेको दावी गरेको छ ।

नयाँ पार्टी दर्ताको निवेदन दिँदै ती सबैको हस्ताक्षर नभएकाले आयोगले थपिएका सबैको सनाखत भने लिने छैन् ।

 

प्रतिक्रिया दिनुहोस्