अष्टलक्ष्मीलाई ओलीले यसो भनेपछि कोठाभरी हाँसो


ओकेजनता डेस्क
८ भाद्र २०७८, मंगलवार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन् । तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बधाई दिएका हुन् ।

‘पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई बधाई छ अरू साथीहरूलाई स्वागत छ’ भन्दै ओलीले शाक्यको प्रशंसा गरे । शाक्य भदौ २ गते बागमतीको मुख्यमन्त्री बनेकी थिइन् । शाक्यसहितका एमाले तेस्रो धारका नेताहरू आजको एमाले बैठकमा सहभागी छन् ।

ओलीले माधव नेपाल समूह छाडेर आएका सदस्यहरूलाई बैठकमा स्वागत गरे । १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू आजको बैठकमा सहभागी छन् ।

सर्वोच्च अदालतको फैसलाले गत फागुन २३ गते नेकपा एमाले ब्युँतिएपछि आज पहिलो पटक सबै पदाधिकारीसहितको बैठक बसेको हो । ओलीले विगतका तीता कुरा बिर्सेर पार्टी एकढिक्कामा लाग्नु भनेपछि केहीका अनुहार हसिला भएका थिए । ओलीले व्यंग्य शैलीमा गालीगलौज कम गर्नुपर्ने बताउँदा सबै हाँसेका थिए ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन् । तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बधाई दिएका हुन् ।

‘पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई बधाई छ अरू साथीहरूलाई स्वागत छ’ भन्दै ओलीले शाक्यको प्रशंसा गरे । शाक्य भदौ २ गते बागमतीको मुख्यमन्त्री बनेकी थिइन् । शाक्यसहितका एमाले तेस्रो धारका नेताहरू आजको एमाले बैठकमा सहभागी छन् ।

ओलीले माधव नेपाल समूह छाडेर आएका सदस्यहरूलाई बैठकमा स्वागत गरे । १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू आजको बैठकमा सहभागी छन् ।

सर्वोच्च अदालतको फैसलाले गत फागुन २३ गते नेकपा एमाले ब्युँतिएपछि आज पहिलो पटक सबै पदाधिकारीसहितको बैठक बसेको हो । ओलीले विगतका तीता कुरा बिर्सेर पार्टी एकढिक्कामा लाग्नु भनेपछि केहीका अनुहार हसिला भएका थिए । ओलीले व्यंग्य शैलीमा गालीगलौज कम गर्नुपर्ने बताउँदा सबै हाँसेका थिए ।

प्रतिक्रिया दिनुहोस्