काठमाडौं नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ ।
१० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन् ।
बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् ।
बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने नेताहरुले बताएका छन् । बैठक स्थलमा तेस्रो धार आउँदै गर्दा अध्यक्ष ओलीले उनीहरुको स्वागत गर्नुका साथै बधाई पनि दिएका थिए ।
१० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन् ।
बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् ।
बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने नेताहरुले बताएका छन् ।