झलनाथले दिल्लीबाटै यसो भनेपछि एमालेमा तःरंग


ओकेजनता डेस्क
८ भाद्र २०७८, मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी पार्टी रोज्ने निश्चित भएको छ । सो पार्टीले पनि खनाललाई वरिष्ठ नेतामा राखेको छ ।

स्रोतले भन्यो, ‘उहाँले एमाले परित्याग गर्नुभएको छ र नवगठित नेकपा एकीकृत समाजवादीको वरिष्ठ नेता हो । भोलि निर्वाचन आयोगमा उहाँले सनाखत गर्नका लागि आफ्नो मन्जुरीनामा पठाउनु हुनेछ ।’

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले झलनाथ खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत सनाखत गरिएको पत्र निर्वाचन आयोगलाई आजै पठाउने बताए ।

त्यस्तै बिरामी रहेका अन्य नेताहरू प्रदीप नेपाल र खगेन्द्र चुँडाल बुधबार सीधै निर्वाचन आयोगमा गएर सनाखत गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्