काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड आज साँझ पुनः कोटेश्वर पुगेका छन् ।
एमाले एकताको सम्भावना सकिएको भनेर नेपाल पक्षले निष्कर्ष निकालेकै बेला छलफलका लागि प्रचण्ड माधव नेपालसँग छलफल गर्न गएका हुन् ।
प्रचण्ड र माधव नेपालबीच पछिल्ला केही सातायता दिन विराएर वा दिनहुँ वार्ता भइरहेका छन् । माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रिपरिषद विस्तार समेत प्रचण्डले रोकेर राखेका छन् ।
एमाले विभाजनका लागि कानूनी प्रक्रियामा समेत सघाउने आश्वासन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले दिइसकेका छन् ।