अर्जेन्टिनी स्ट्राइकर एग्युरो साढे २ महिना मैदान बाहिर रहने


ओकेजनता डेस्क
२६ श्रावण २०७८, मंगलवार

काठमाडौं । इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीबाट यही सिजन बार्सिलोना अनुबन्ध भएका अर्जेन्टिनी स्ट्राइकर सर्जियो एग्युरो काफ इन्जूरीका कारण कम्तिमा साढे २ महिना मैदान बाहिर रहने भएका छन् ।

बार्सिलोनाले एग्युरोको परीक्षणपछि वक्तव्य जारी गर्दै उनको टेन्डन इन्जुरी रहेको जानकारी दिएको छ । ३३ वर्षीय एग्युरोले गएको जुन महिनामा बार्सिलोनासँग २ वर्षको सम्झौता गरेका थिए ।

१० सिजन सिटीमा विताएका उनी क्लबका लागि सर्बाधिक गोलकर्तासमेत हुन् । एग्युरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्