यसरी जान्छ डोटी गौंडाको पेटारो बाजुराको बडिमालिका (तस्बिरसहित)


ओकेजनता डेस्क
२५ श्रावण २०७८, सोमबार

काठमाडौं । सुदूरपश्चिमकै धार्मिक तथा पर्यटकीय आस्थाको धरोहर धर्तिकै स्वर्ग बडिमालिकामा भाद्र ४ गतेदेखि ६ गतेसम्म लाग्ने जनैपुर्णिमा मेलामा विशेष पुजा सहितको सरकारी टोली जिल्ला प्रशासन कार्यालय डोटीको प्रशिद्ध शैलेश्वरी मन्दिरबाट पेटारो आजकै दिन सधै जसो पूजाको सामान बाँधेर डोटीबाट हिडेर डोटी गौडाको सिलगढी बजारदेखि पैदल मार्ग भई १४ दिन अर्थात श्रावण ५ गते बडिमालिका मन्दिर पुग्ने गरी कर्मचारी प्रतिनिधिसहित जिल्ला प्रशासन कार्यालय, डोटीबाट पुजामा सामेल हुनेछ ।

आज श्रावण चौथो सोमबार दिल्पेश्वर मठबाट धानको फुडडिसहित प्रमुख जिल्ला अधिकारिलाई बुझाइएको हो । यसवर्ष कोरोनाको डरले मन्दिर प्राङ्गणमा ठुलो जमात देखिएन । जिल्ला प्रशासन कार्यालय सिलगढीमा पुजाआजा गरी विधिवत रुपमा सरकारी कर्मचारीहरुले डोल लैजाने चलन अनुसार आज डोल पठाइएको जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत मधु पौडेलले बताए ।

सिलगढीमा रहेको रुद्रध्वज गणको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटी र सशस्त्र प्रहरी गण दिपायलको टोलीले शैलेश्वरी मन्दिरमा सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरमा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो ।

मेलामा कालिकोटको डोल जुम्ला चन्दननाथ मिसियर जाने र अछाम, बाजुराको डोटी जिल्लाबाट जाने टोलीमा बडिमालिकामा सरकारी टोलीको पुजा चढाइपछि सर्वसाधारणले परम्परा अनुसार पुजाअर्चना गर्ने चलन रहेको छ । चलन परापूर्व कालदेखि चल्दै आएको तर कहिले देखि भन्ने ठ्याक्कै अनुमान गर्न सकिएको छैन । पहिला पहिला कुमाउ गढवाल देखि पनि पुजामा आउने गरेको शैलेश्वरी मन्दिरका पुजारी प्रेम शंकर भट्ट बताउछन् ।

अन्य वर्ष हजारौंको सङ्ख्यामा बडिमालिकामा तिर्थालुहरु हुने गर्दथे यसवर्ष कोरोनाले गर्दा खासै तिर्थालुहरुको चाप हुँदैन जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तेजबहादुर खड्का भन्छन् । बडिमालिकाका २२ पाटन, त्यसमा फुलेका कैयौं प्रजातिका रङ्गीचङ्गी फूल र सेताम्य भेडाका बथानले त्यहाँको आकर्षण बढाउने गरेको छ । हिउँदका ३ महिना हिउँले ढाक्ने उक्त क्षेत्र १४ हजार फिट उचाईमा छ ।

डोटी गौडा गोरखनाथका तर्फबाट यसरी बडिमालिका पुजामा जाने चलन छ ।

पहिलो दिन – श्रावण २५ गते जिल्ला प्रशासन कार्यालय डोटीबाट शैलेश्वरी नाचन्थली हुँदै बडिमालिकाका लागि प्रस्थान र पुर्वीचौकी खिरसैनमा पुजाआजा धुपबत्ती गरी खिरसैनमा बास बस्ने ।

दोश्रो दिन – पुर्वीचौकी गाउँपालिकाकै काडामाण्डौ मन्दिरमा पुजाआजा गर्ने
तेस्रो दिन – अछाम बैधनाथ मन्दिरमा पुजाआजा गर्ने र बैधनाथ क्षेत्रमा फलेको धानको सिरुला सहितको कोसेली लग्ने ।
चौथोदिन – अछामकै भराणी गाउँको मन्दिरमा पुजाआजा गर्ने ।
पाचौं दिन श्रावण २९ गते – अछाममै बिहान बिमकोटे राजालाई हसाउने रु ५२ नगद, नरिवल र जनै दिने र हसायर मात्रै जाने र जाब्लामा बासबस्ने ।

छैठौँ दिन – श्रावण ३० गते धेरै हिड्नुपर्ने भएकाले बिहानै हिड्ने खाना बाटोमा खाने र बाजुराको छतरामा बास बस्ने ।
सातौ दिन – श्रावण ३० देखि ३२ गतेसम्म छतरामा बास बस्ने धामी बसाल्ने भाद्र १ गते सबैलाई पोकामा रहेको सामान दिई हसायर मात्रै जाने । साथमा २ जना लिङ्गो बोक्ने मानिस लगेर जाने ।
दशौँ दिन भाद्र १ गते – खलेटुप्पाबाट लिङ्गो काट्ने सोहि ठाउँमा बास बस्ने ।
एघारौं दिन – भित्ती भन्ने ठाउँमा बास बस्ने ।
बाह्रौँ दिन – त्रिवेणीमा बस्ने जुम्लाका मान्छेहरुसँग सहमति गर्ने नरिवल निगालोको लठ्ठी दिने र जुम्लाको टोलीले मिठाइ दिन्छन् ।


तेह्रौ दिन २०७८/५/४ गते – बिहान छत्रले संयुक्तरूपमा नुहायर बडिमालिका तर्फ प्रस्थान गर्ने ।
चौधौ दिन – भाद्र ५ गते चतुर्दशीका दिन बडिमालिकामा पुजा गरी नाटेश्वरी झर्ने ।
पन्ध्रौं दिन – नाटेश्वरी मन्दिरमा बोका र नरिवलको बलिदिने ।
सत्रौ दिन – २०७८ भाद्र ६ गते नाटेश्वरीबाट फिर्ता भएर ७ गते सिलगढीमा पुग्ने ।

(जानकारीका लागि : दीपक बहादुर खड्का, अध्यक्ष, होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश)

प्रतिक्रिया दिनुहोस्