क्यासनेपले युवाको प्रतिभा उजागर गर्न ‘युवा भिजन प्रतियोगिता–२०२१’ गर्दै


ओकेजनता डेस्क
२३ श्रावण २०७८, शनिबार

काठमाडौंं । क्यास नेपले राष्ट्रियस्तरको युवा भिजन प्रतियोगिता–२०२१ आयोजना गर्ने भएको छ । “राष्ट्रिय स्तर युवा भिजन प्रतियोगिता”स्वदेशमा रहेका उर्जाशील युवाको देश प्रतिको माया र प्रतिभालाई उजागर र प्रोत्साहन गर्ने उदेश्यले नवीन रचनात्मक कलालाई पुरस्कृत गर्ने, उधमी विचारलाई लगानी गर्ने, राम्रो सोच विचार भएका युवाहरुको लागि प्रतियोगितामार्फत सुवर्ण अवसर प्रदान गर्ने क्यास नेपालका संस्थापक युवा वैज्ञानिक वसन्त शाहीले बताए ।

भिजन लेखनका लागि ५ वटा शीर्षकहरु दिइएको छ । विज्ञान तथा प्रविधिको नयाँ आविष्कार अन्वेषण, गणित ,कम्प्युटर, हार्डवेयर तथा सफ्टवेयर सम्बन्धि नयाँ भिजन, कृषि पद्धति, वन तथा वन्यजन्तु संरक्षण, वातावरण सम्बन्धि नविन भिजन, साहित्य सम्बन्धि पृथक भिजन, इन्जिनियरिङ्ग र नयाँ उपकरण सम्बन्धि अन्वेषण, अर्थतन्त्र, नीति निर्माण, शिक्षा, स्वास्थ्य ,सूचना तथा सञ्चार सम्बन्धि पृथक भिजन लगायत अन्य शिर्षक पनि समावेश गर्न मिल्ने बताइएको छ ।

भिजन लेखनमा इच्छुक सहभागीले कुन विषयमा आफ्नो भिजन लेख्ने हो उक्त विषयको शीर्षक प्रष्ट लेख्नुपर्ने तथा लाभ हानी र भिजनबाट कस्ता उमेर र वर्गका व्यक्तिहरू प्रत्यक्ष लाभान्वित हुन्छन् वा नोक्सान हुन्छ प्रष्ट उल्लेख गरिनुपर्ने आयोजकले जानकारी दिएको छ ।

लेखमा बजारको माग र पूर्ति सम्बन्धमा लेखकको दृष्टिकोण यदि कार्यन्वयन भए, त्यसको माग र पूर्ति कस्तो हुनसक्छ सम्भावित सबै कुरा उल्लेख गरिनुपर्ने बताइएको छ । भिजनमा चुनौती तथा कार्यन्वयनमा खुलाउनु पर्ने र पूँजी र श्रम(सम्भावित लाग्ने लागतको र श्रमको रुपरेखा प्रष्ट उल्लेख हुनुपर्ने आयोजकले जनाएको छ ।

त्यस्तै, लेखमा वायुमण्डल र वातावरणमा पर्ने असरबारे प्रष्ट खुलाउनुपर्ने, समय(अनुकुल अवस्थामा कहिले सकिने र कति समय लाग्ने सबै उल्लेख गर्नुपर्ने तथा भिजनको सम्भावित आयु कति बर्षसम्म चल्ने दीर्घकालीन हुने या नहुने सबै खुलाउनुपर्ने आयोजकले बताएको छ ।

प्रतियोगिताको पुरस्कारमा नगद सहित प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई नगद रु ३० हजार सहित प्रमाणपत्र, द्धितिय हुनेलाई नगद रु २० हजार सहित प्रमाणपत्र र तृतीय हुनेलाई नगद रु १० हजार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।

साथै, उत्कृष्ट सय वटा भिजनलाई क्यास नेपाल भिजन डाइरेक्टरीमा प्रकाशन समेत गरिने क्यास नेपालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्