विजय शाहीबारे यस्तो आयो खबर, प्रहरीले यस्तो भन्यो


ओकेजनता डेस्क
१२ श्रावण २०७८, मंगलवार

काठमाडौँ– आफूलाई मेमोरी किङको दावी गर्दै आएका विजय शाहीको मृत्यु भएको भन्दै एउटा तस्वीर अहिले एकाएक भाइरल भएको छ ।

विजय शाहीको शरिरिमा सेतो कपडा र पिताम्बरले ओडाइएको, नाकमा कपास राखीएको तस्वीर साँझपख एकाएक सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उनको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै धेरैले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् भने धेरैले यसलाई पत्याउन सकेका छैनन् । यसबारे बुझ्दा महानगरीय प्रहरी परिसर काठमाडौँले सुचनाको सत्यताबारे खोजी भइरहेको जनाएको छ । परिसरका प्रमुख एसएसपी अशोक सिंहका सुचना आएपछि आफूहरुले खोजी गरिरहेको तर कतैबाट पनि उनको मृत्युबारे पुष्टि नभएको बताउनुभएको छ ।

उहाँले भन्नु भयो, ‘शाहीको मृत्युको खबर आएपछि हामी सवैतर्फ सोधीरहेका छौँ तर उनको अवस्थाबारे थापा पाउन सकिएको छैन । हामी बुझदै छौँ ।’

प्रतिक्रिया दिनुहोस्