देउवाको पहिलो एक्सनमै शंकर पोखरेल डराए…


ओकेजनता डेस्क
३० असार २०७८, बुधबार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमाले नेता शंकर पोखरेलले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चनावलाई प्राथमिकता दिएको दावी गरेका छन् ।

देउवाले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोड दिनुको अन्तर्य उनको प्राथमिकतामा चुनाव रहेको उनको जिकिर छ ।

‘नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोडदिनुको अन्तर्य अव चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो’, उनको भनाइ छ ।

देउवाले अर्थमन्त्रीको जिम्मेवारी माओवादी नेता जनार्दन शर्मालाई दिएका छन् भने गृहमन्त्री आफूनिकट नेता बालकृष्ण खाणलाई बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्