कोभिड उपचारका लागि कांग्रेस विदेशस्थित जनसम्पर्क समितिले उठाए १ करोड ३२ लाख


ओकेजनता डेस्क
१८ असार २०७८, शुक्रबार

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको उपचार र स्वास्थ्य सामग्री खरिदका लागि नेपाली कांग्रेसको बिदेश स्थित जनसम्पर्क समितिहरुले एक करोड ३२ लाखभन्दा बढी रकम संकलन गरेका छन्।

नेपाली कांग्रेसका आमन्त्रित केन्दिय सदस्य तथा नेपाली जनसंपर्क समिती अमेरिकाका सभापति आनन्द बिष्टले नेपाली जनसंपर्क समितीद्वारा नेपालमा कोभिड-१९ को उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि सो रकम संकलन गरिएको बताए।

सरकारको चरम लापरवाही, कुशासन र संवेदनहीनताका कारण देशमा कोरोना संक्रमण फैलिएकोले नेपाली काङ्ग्रेसले सम्पूर्ण जनसंपर्क समितीहरुलाई सहयोगको लागी अपील गरे सँगै विश्वभरिका जनसम्पर्क समितिहरुले एक करोड ३२ लाखभन्दा बढी रकम संकलन गरेका हुन।

कांग्रेस सभापति शेरबहादुर देउवाले सम्पूर्ण जनसम्पर्क समितीहरुलाई कोरोना रोकथाम र उपचारमा सहयोग गर्न अनुरोध र परीपत्र गरे लगतै कोभिड-१९ अनुगमन समितिका संयोजक सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजनमा पार्टी निर्देशन अनुरुप आर्थिक संकलन गरिएको बिष्टले बताए।

पार्टीको निर्देशनमा सह-महामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित कोभिड-१९ अनुगमन समिति, नेपाली जनसम्पर्क समन्वय समिति सम्पूर्ण मुलुकका जनसम्पर्क समितिका अध्यक्षहरु र एनआरएनएमा आवद्ध कांग्रेस निकट शुभचिन्तकहरु संग सामुहिक छलफल गरी रकम संकलन सुरु गरिएको आमन्त्रित केन्द्रिय सदस्य बिष्टको भनाई छ।

डा. महत, केन्द्रीय सदस्य एनपी साउद र जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई लगायत सम्पूर्ण जनसंपर्क समितीका अध्यक्ष र एनआरएनका सदस्यहरु सहभागी संयुक्त बैठकले जनसम्पर्क समितिहरुको तर्फबाट रकम संकलनका लागि समन्वय गर्नेगरी जनसंपर्क समिती अमेरिका सभापति आनन्द विष्टलाई संयोजनको जिम्मेवारी दिएको थियो। काङ्ग्रेसले जनसम्पर्क समितिसँग जोडिएका संघ – संस्था , गैर आवासीय संघका पदाधिकारी एवं सदस्यहरु तथा अन्य व्यक्तिहरुबाट आर्थिक सहयोग भएको उल्लेख गरेको छ।

उदारतापुर्वक प्राप्त सहयोग रकम र कोभिड -१९ को प्रयोजनको लागि गरिएको खर्चको विवरणको अभिलेख पार्टीको केन्द्रिय कार्यालयमा राखिने काङ्ग्रेसले जनाएको छ।

सहयोग रकमको विवरण:

१. नेपाली जनसम्पर्क समिति,अमेरिका : रु. ४८,००,०००.००

२. नेपाली जनसम्पर्क समिति,जापान : रु. ११,६७,५०९.००

३. नेपाली जनसम्पर्क समिति,जर्मनी: रु. ८,०८,२१२.००

४. नेपाली जनसम्पर्क समिति,बेल्जियम: रु. ७,७५,०००.००

५. नेपाली जनसम्पर्क समिति,बेलायत: रु. ६,५५,०००.००

६. नेपाली जनसम्पर्क समिति, साइप्रस: रु. ५,४१,६६८.००

७. नेपाली जनसम्पर्क समिति,पोर्चुगल: रु. ४,५३,५३४.००

८. नेपाली जनसम्पर्क समिति,कोरिया: रु. ४,३९,६५५.००

९. नेपाली जनसम्पर्क समिति, हङकङग: रु. ४,२२,६२३.००

१०. नेपाली जनसम्पर्क समिति, कतार: रु. ३,५०,०००.००

११. नेपाली जनसम्पर्क समिति,युएइ: रु. ३,५०,०००.००

१२. नेपाली जनसम्पर्क समिति,डेनमार्क: रु. ३,२७,२२७.५५

१३. नेपाली जनसम्पर्क समिति, स्पेन: रु. २,६२,०३२.००

१४. नेपाली जनसम्पर्क समिति,अष्ट्रेलिया: रु. २,३२,३२३.००

१५. नेपाली जनसम्पर्क समिति,नर्वे: रु. २,१५,०००.००

१६. नेपाली जनसम्पर्क समिति,आयरल्याण्ड: रु. २,००,०००.००

१७. नेपाली जनसम्पर्क समिति,क्यानडा: रु. २,००,०००.००

१८. नेपाली जनसम्पर्क समिति,साउदी अरब: रु. २,००,०००.००

१९. नेपाली जनसम्पर्क समिति,कुबेत: रु. १,५०,०००.००

२०. नेपाली जनसम्पर्क समिति,बहराइन: रु. १,१५,०००.००

२१. नेपाली जनसम्पर्क समिति,इजरायल: रु. १,००,०००.००

२२. नेपाली जनसम्पर्क समिति,मलेशिया: रु. १,००,०००.००

२३. नेपाली जनसम्पर्क समिति,फ्रान्स: रु. १,००,०००.००

२४. नेपाली जनसम्पर्क समिति,ओमन: रु. १,००,०००.००

२५. नेपाली जनसम्पर्क समिति,स्वीट्जरल्याण्ड रु. १,००,०००.००

२६. नेपाली जनसम्पर्क समिति,न्यूजिल्याण्ड: रु. ५०,०००.००

२७. नेपाली जनसम्पर्क समिति,माल्टा: रु. ५०,०००.००

जम्मा ने.रु.१,३२,३४,७८३.५५ (अक्षेरुपी: एक करोड बत्तीस लाख चौतिस हजार सात सय त्रियासी रुपैयाँ र पचपन्न पैसा)

प्रतिक्रिया दिनुहोस्