अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री वितरण


ओकेजनता डेस्क
१३ असार २०७८, आईतवार

काठमाडौं । नयाँ भेरियन्ट सहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन निशेधाज्ञाका बेलामा समस्यामा परेका अपाङ्गता भएका व्यक्ति र उनिहरूका अभिभावकहरुका लागि चन्द्रागिरी नगरपालिका वडा ०९ को आर्थिक सहयोगमा अभिमुखिकरण कार्यक्रम साथै सहायक सामाग्री बितरण गरेको छ।

कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न तथा जीवन निर्वाह गर्न कठिन भएको छ।

यस्तो अवस्थालाई मध्यनजर गरेर अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरुका लागि चन्द्रागिरी नगरपालिका वडा नं ९,मच्छेगाउँ काठमाडौंको आर्थिक सहयोगमा अपाङ्गता-अभिभावक समाज नेपाल(DPS-Nepal)को आयोजनामा नेपाल सरकारका अपाङ्गतामैत्रि नितिनियम तथा सेवा बारे अभिमुखिकरण कार्यक्रम र अपागंता भएका व्यक्तिलाई दैनीक जिवन सहज बनाउन सहभागी ५४ जनालाई आवश्यकता अनुसारको अपाङ्गता सहायक सामाग्री मास्क,सेनिटाईजर र डिजिटल थर्मोमीटर लगाएतको सामाग्री वितरण गरिएको थियोे ।

कार्यक्रमको सभापति अपाङ्गता-अभिभावक समाज नेपालका अध्यक्ष टेक बहादुर बम,प्रमुख अतिथि वडा ९ का वडाअध्यक्ष देबेन्द्र महर्जन,विशिष्ट अतिथी चन्द्रागिरि नगरपालिकाका सूचना अधिकारी एवं सामाजिक शाखा प्रमुख रश्मि श्रेष्ठ,अतिथिमा वडासदस्य तथा न्यायिक समिति सदस्य सुरेन्द्र राज केसी र महिला स्वास्थ्य स्वयम सेविकाहरू को लगाएत वडा भित्र बसोबास गर्ने बिभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष देवेन्द्र महर्जनले यस वडालाई मात्र नभइ चन्द्रागीरी नगरपालिकालाई नै अपाङ्गमैत्री वनाउन आफु प्रयासरत रहेको र अपागंता भएका नागरीकको लागी विशेष प्राथमिकता राखेर काम गरेको बताउनु भएको थियो ।

नेपाल सरकारका अपाङ्गतामैत्रि नितिनियम तथा सेवा बारे अभिमुखिकरण कार्यक्रमको संचालन संस्थाका सदस्य सुमन घिमिरे र प्रमुखप्रशिक्षकको भुमिका राष्ट्रीय अपांग महासंघ नेपालका संघिय सदस्य देवु पराजुलीको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्