आइपिएल : कोलकाताको शानदार जित


ओकेजनता डेस्क
११ आश्विन २०७७, आईतवार

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ ।

पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित कोलकोताले दोस्रो खेलमा सनराइजर्स हैदराबादविरुद्ध शानदार जित निकालेको हो ।

शनिबार राति आबुधावीमा भएको खेलमा हैदराबादले जितका लागि दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर हासिल ग¥यो ।

कोलकाताको जितमा शुममन गिलले अविजित ७० रन बनाए । इयान मोर्गनले ४२ रनको योगदान दिए भने नितिस रानाले २६ रन जोडेका थिए ।

हैदराबादका राशिद खान, खलिल अहमेद र टी नटराजनले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

आइपिएलमा आज(आइतबार) किंग्स इलेभन पञ्जाब र राजस्थान रोयल्सबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्