प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदै


ओकेजनता डेस्क
८ असार २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एमालेभित्र छलफलको दायरालाई फराकिलो बनाउँदै लगेका छन् । दोस्रो पुस्ताका नेताहरुको छलफलदेखि आफू पनि सहमति खोज्न ओली सक्रिय बनेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिएर समस्याको हल हुन्छ भने राजीनामा दिन तयार रहेको एक नेताले ओकेजनतालाई जानकारी दिए । अहिले मुलुकमा भएको संक्रमणबाट उन्मुक्ति पाउन सबै एकजुट हुनुपर्ने ओलीको भनाइ छ ।

यता, माधव नेपाल पक्ष भने ओलीका गतिविधिप्रति सशंकीत बन्दै गएको छ । ओलीले पार्टी एकता पनि हुन नदिने तर, ललिपप देखाइरहने नेपाल पक्षको तर्क छ ।

अबका दिनमा ओलीले देखाएको ललिपप नचुस्ने पक्षमा नेपाल पक्ष रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्