सिन्धुपाल्चोकमा आएको बाढीबाट यति ठूलो क्षति (तस्बिरमा हेर्नुहोस्)


ओकेजनता डेस्क
२ असार २०७८, बुधबार

काठमाडौं । कोरोना त्रासमा बाँचेका नागरिकहरु अब बाढी, पहिरोको जोखिममा परेका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् । बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।


हेलम्बु गाउँपालिकाको इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला परेको छ । शव फेला परेको खबर आएपछि स्थानीय प्रहरीलाई त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका (प्रवक्ता) डिएसपी प्रकाश सापकोटाले बताए ।

बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । सो क्षेत्रमा केही झोलुंगे पुल पनि बगाएको प्रजिअ पोखरेलले बताए ।

मंगलबार परेको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ ।


साथै हेलम्बुमा माछा फर्मसँगै बाढीले केही मानिस बगाएको हुन सक्ने र उनीहरु सम्पर्कमा नआएको सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।


यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्। पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे९नपुगेको पनि एकिन भएको छैन।

प्रतिक्रिया दिनुहोस्