२४ घण्टामा थपिए १२०७ संक्रमित


ओकेजनता डेस्क
१० आश्विन २०७७, शनिबार

काठमाडौं । बितेको २४ घण्टामा १ हजार २ सय ७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार १९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३ सय ४१ पुगेको छ । उनीहरुमध्ये ४ सय ६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १ हजार १ सय ४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ७ सय २४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५ सय ८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् ।

प्रतिक्रिया दिनुहोस्