ओलीको नयाँ घोषणाले एमालेमा खुसीयाली, घुडा टेके ओलीले


ओकेजनता डेस्क
२३ जेष्ठ २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।

आइतबार पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै उनले असन्तुष्ट माधव कुमार नेपाल पक्षलाई फकाउने प्रयास गरेका छन् ।

पार्टी एकताका लागि ६ बुँदे प्रस्तावमा उनले भनेका छन, ‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ ।

नेकपाको केन्द्रीय कमिटिका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशिल हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्