एमाले नेता बस्नेतको कोरोनाबाट मृत्यु


ओकेजनता डेस्क
१० जेष्ठ २०७८, सोमबार

काठमाडौं । कोरोना संक्रमण पुष्टिपछि उपचाररत पूर्वसांसद नरेन्द्र बस्नेतको निधन भएको छ ।

७४ वर्षीय बस्नेतको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान साढे ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ को संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

उनी दिङ्लास्थित अरुण माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक र षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष पनि हुन् ।

बस्नेत पछिल्लो समय संघस्थामार्फत सामाजिक काममा सक्रिय थिए । उनका श्रीमती र २ छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्