ओलीले लिए कडा निर्णय, अब भने माफी छैन


ओकेजनता डेस्क
७ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदमाथि कारवाही गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाएको छ ।

एमालेका केन्द्रीय सदस्य समेत रहेका एमाले केन्द्रीय कार्यालका सचिव शेरबहादुर तामाङले राष्ट्रपति कार्यालयमा उक्त ब्यहोराको पत्र पठाएको पुष्टि गरे ।

पत्रमा एमाले संसदीय दलको सदस्य भएर पनि प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेको बुझिएकाले मान्यता नदिन भनिएको छ ।

‘उहाँहरु संसदीय दलको सदस्य हो । एमाले संसदीय दलको सदस्य भनेको एमालेकै सदस्य हो र अन्त कतै सहि गरेको छ भने हामी छानविन गर्दैछौ भनेर भनिएको छ’ तामाङ ले भने ।

 

प्रतिक्रिया दिनुहोस्