राष्ट्रपतिले भनिन्- देउवाजी, म हेर्छु


ओकेजनता डेस्क
७ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।

एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् ।

राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरेपछि निर्णय लिने बताएको शीतलनिवास पुगेका एक नेताले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्