सुशान्त मृत्यु प्रकरण : दीपिका, श्रद्धा र सारासँग सोधपुछ


ओकेजनता डेस्क
१० आश्विन २०७७, शनिबार

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा ड्रग्स एंगलबारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले शनिबार केही बलिउड कलाकारसँग सोधपुछ गर्दैछ ।

अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानसँग शनिबार सोधपुछ हुनेछ ।

यसअघि शुक्रबार अभिनेत्री रकुल प्रीत सिंह र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ भएको थियो ।

एनसीबीले करिश्मा प्रकाशसँग शनिबार पनि सोधपुछ गर्न सक्ने बताइएको छ ।

यसका साथै एनसीबीले धर्मा प्रोडक्सनका निर्देशक क्षितिज रवि प्रसाद तथा अनुभव चोपडासँग पनि सोधपुछ गरेको छ ।

सुशान्त सिंहको मृत्यु प्रकरणमा ड्रग्स सेवनको विषय बाहिर आएपछि एनसीबीले बलिउड–ड्रग्स नेक्ससको जाँच गरिरहेको छ ।

एनसीबीको जाँचमा ड्रग्स खरिदका विषयमा अहिलेसम्म थुप्रै बलिउड कलाकारहरुको नाम अगाडि आएको छ ।


एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्