भीम रावल राष्ट्रपतिविरुद्ध आक्रामक, गरे नयाँ खुलासा


ओकेजनता डेस्क
७ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेपछि एमाले माधव नेपाल समूहका नेता भीम रावलको प्रतिक्रिया आएको छ ।

उनले नेपालको संविधानको धारा ७६ (४) ऐच्छिक नभइ बाध्यकारी भएको भन्दै यसलाई छल्न नमिल्ने बताएका छन् ।

‘नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय हो । यसलाई कुर्सीको खेलसँग कदापि जोड्नु हुन्न ।

नागरिकताबारे संविधान सभामा धेरै बहस भइ संविधानमा लेखिएको भन्दा फरक किसिमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ,’ रावलले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्