एमाले स्थायी समिती बैठक बोलाइयो, लामो समयपछि सबै एकै ठाउँमा


ओकेजनता डेस्क
६ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक बिहीबार दिउँसो २ बजेलाई बोलाइएको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित कार्यदलका सदस्यहरुले रिपोर्टिङ गर्नेछन् । कार्यदलको बैठक आजै बेलुका ५ बजेलाई बोलाइएको छ ।

बैठकमा कोभिड १९ को नियन्त्रण तथा रोकथाम, बजेट अधिवेशनका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्