हवाई उडान खोल्ने मन्त्रिरिषद्को निर्णय


ओकेजनता डेस्क
४ जेष्ठ २०७८, मंगलवार

काठमाडौँ । सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ ।

साेमबार साँझ बसेको मन्त्रिरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्टमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाडै संसदबाट विस्वासको मत लिने जानकारी पनि उनले गराए ।

कति समयमा लिन लाग्नुभएको हो भन्ने प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, यसै दिन भन्ने छैन, कुरा यति हो जति सक्दो जाडै विस्वासको मत लिने गरेर छलफल भएको छ ।’

प्रतिक्रिया दिनुहोस्