उज्यालो पूर्वीचौकी : सातै वडामा विद्युत, पूरा भयो सपना


ओकेजनता डेस्क
१० आश्विन २०७७, शनिबार

काठमाडौं । सपना जो कोहीले देख्दैन तर सपना देख्ने मान्छे कहिल्यै कमजोर हुँदैन त्यो मान्छे आफ्नो लक्ष्यमा दृढ भएर उभिन सक्छ ।

त्यसैले सपना देख्नुपर्छ । कतिपय सपना असम्भव पनि हुन्छन् तर लगनशीलता र निरन्तरताले त्यो उचाईमा पुर्याउन मदत गर्दछ ।

प्रशंग डोटीको पूर्वीचौकी गाउँपालिकाको हो । विगतमा बत्तीमूनिको अध्याँरोको उपमा पाएको गाउँपालिका अहिले झिलिमिलि भएको छ ।

पालिकाभित्र रहेका सातवटै वडामा विद्युत बिस्तार गरिएको छ । टुकी, दियाँलो र सौर्य उर्जाको प्रयोग गरिरहेका नागरिक गाउँमा विजुली आएसँगै उत्साहित भएका छन् ।

यो प्रण र विश्वास गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले २०७४ साल असार १६ गते निर्वाचित भइसकेपछि २०७४ साल असार २२ गते शपथ लिँदै गर्दा जनतालाई दिलाएका थिए ।

गाउँपालिकामा विद्युत बिस्तार गर्न निकै चुनौति पनि थियो तर त्यो चुनौतीमा त्यहाँका जनताले हातेमालो गरेपछि अध्यक्ष बोगटीलाई थप उर्जा मिल्यो आज पूर्वीचौकीका सात वडा झिलिमिली छन् ।

जनताको बीचमा गरेका प्रणहरुलाई बोगटीले क्रमशः पुरा गर्दै गएका छन् ।

ओकेजनतासँग कुरा गर्दै बोगटीले भने, ‘हामीले सपना देख्नुपर्छ र त्यो सपना अनुसार बिपनामा पाखुरी र विवेक चलाउनुपर्छ, विकास असम्भव छैन ।’

पछिल्लो समय बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई कम गर्न गाउँपालिकाले उच्च सतकर्ता अपनाएको बोगटी बताउँछन् ।

‘कोरोनाको कहरका कारण भारतलगायत देशका विभिन्न जिल्लामा ज्याला मजदूरी र अध्ययनका सिलसिलामा बाहिएिका मानिस गाउँ भित्रिएसँगै व्यवस्थापनमा केही चुनौती थियो हामीले सहजै पार ग¥यौ, उनले भने ।’

गाउँपालिकामा अहिले संघ सरकारमार्फत् अर्बौँका खानेपानी योजना सञ्चालित छन् । एक घर एक धारा अभियान अन्तर्गत गाउँमा पानीको पर्याप्त पहुँच पु¥याउने अध्यक्ष बोगटीको लक्ष्य छ ।

गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माणका लागि प्रस्ताव तयार भएको छ । शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार गरिएको छ ।

अध्यक्ष बोगटी सामूहिक विकास प्रणालीमा विश्वास राख्छन् । गाउँ ठाउँको विकासका निम्ति पार्टी विशेष भएर उभिन नहुने उनको तर्क छ ।

आगामी दिनको कार्यकालमा आफूले गरेका बाचा क्रमशः पुरा गर्दै जाने बोगटीको दृढ संकल्प छ ।

प्रतिक्रिया दिनुहोस्