दुईवर्ष अघि पूर्वीचौकीको सपना


ओकेजनता डेस्क
१० आश्विन २०७७, शनिबार

(पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीसँग दुई वर्षअघि गरिएको कुराकानीका आधारमा)

काठमाडौं । नेतृत्वविहीन समुदाय र क्षेत्र विकासमा पछाडी धकेलिन्छ । नेपालको असंतुलित विकास प्रकृयाले यो कुरा सिद्ध गरेको छ । साधन, श्रोत र सत्ताको शक्ति सबै सिंहदरबारमा भण्डारण हुने केन्द्रीकृत शासन व्यवस्था भएपछि अन्यत्र नेतृत्वको खडेरी पर्नु स्वभाविक थियो ।

तर लोकतान्त्रिक गणतन्त्रसहितको नेपालको नयाँ संविधानले स्थानीय सरकारको अवधारणालाई आत्मसात गरेपछि साधन, श्रोत र राज्य शक्ति तल्लो तहसम्म बाँडफाँड भएको छ ।

जसको कारण मुलुकको कुना कुनामा र हरेक समुदायमा नेतृत्वको विकास हुने क्रम शुरु भएको छ । शासन प्रकृयामा जनताको सहभागिता वृद्धि भइरहेको छ ।

सिंहदरबारबाट दुरदराजमा पर्छ डोटी । डोटीको पनि पूर्वीचौकी गाउँपालिका । नयाँ संविधानमा स्थानीय सरकारको अवधारणा अनुसार विकेन्द्रित शासन प्रणाली लागू भएपछि पुरानो अभ्यास फेरिएको छ ।

नयाँ चलन र अभ्यास शुरु भएको छ । त्यसको उदाहरण हो डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका । स्थानीय नेतृत्वको विकास हुँदैछ । स्थानीय स्तरमै विकासका सपनाहरु कोरलिएको छ ।

गाउँस्तरमै विकासका तानाबाना बुनिदैछ । स्थानीय शासनको अभ्यास र श्रोतको परिचालनले सुन्दर र विकसित गाउँको नक्शा कोरिँदै छ । उदाहरणका लागि डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले अघि सारेको विकास प्रणाली ।

एउटा कुँवा बनाउन र चौतारो मर्मत गर्न पनि सिंहदरबारको मुख ताक्नु पर्ने दिन थियो । तर यतिबेला पूर्वीचौकी गाउँपालिकाका प्रमुख दीर्घराज बोगटीको नेतृत्वमा पुरै गाउँपालिकालाई फन्को मार्नेगरी चक्रपथ विस्तार गर्ने योजना बनाइएको छ । योजना निर्माण मात्र होईन आफ्नै कार्यकालको ५ वर्ष भित्र चक्रपथ तयार पार्ने अध्यक्ष बोगटीको दृढ संकल्प पनि छ ।

समग्र र सर्वत्र विकास अध्यक्ष बोगटीको मान्यताको विषय हो । त्यसकारण गाउँपालिका भित्र रहेको ७ वटै वडाहरुमा विस्तृत परियोजना रिपोर्ट तयार पारेर विकास निर्माणको कामलाई गतिमान बनाउँदै छन् उनी ।

गाउँपालिकाको ७ वटै वडामा शाखा सडकको विस्तार गरि पूवी चौकीको निधारबाट दुर्गम भन्ने शब्द मेटाउने लक्ष्य छ अध्यक्ष बोगटीको ।

विकट पहाडी क्षेत्र भएकोले शिक्षालाई जीवनमुखि बनाउन आवश्यक ठान्छन् अध्यक्ष बोगटी । उनको विचारमा प्राविधिक शिक्षाले तुरुन्त रोजगारी दिन र दिलाउन सक्छ ।
सुशासनको नतिजा सामाजिक न्याय र सुरक्षा हुनुपर्छ भन्ने अध्यक्ष बोगटीको मान्यता छ । त्यसकारण पूर्वी चौकी गाउँपालिकाले असहाय, गरिब र वृद्ध वृद्धाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने नीति अवलम्वन गरेको छ । केहीलाई गरिसकेको छ ।

डोटीको पूर्वी भाग पूर्वी चौकी गाउँलालिकालाई उज्यालो बनाउने उनको सपना छ । त्यसकारण उज्यालो पूर्वी चौकी भन्ने नारा दिएर अध्यक्ष बोगटी विकास निर्माणको नेतृत्व गर्दैछन् । हरेक घरमा विद्युत पु¥याउने उनको नाराले गाउँपालिका भित्र नयाँ आशाको सञ्चार गराएको छ ।

समृद्धि पथमा राष्ट्र अघि लम्केको बेला पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष बोगटी होस्टेमा हैंसे गर्न चहान्छन् । दुरदर्शी युवा नेतृत्वको आफ्नो पहिचान दिदै उनले पाँच ‘ज’ र एक ‘प’ को अवधारणा सुनाए ।

जल , जंगल , जमिन , जडिवुटी र सक्षम जनता र पर्यटन नै पूर्वी चौकी गाउँपालिकाको विकासको आधार हुने कुरामा अध्यक्ष बोगटी विस्वस्त छन् ।

उनको यो ज्ञान शुत्र र कुशल नेतृत्व पूर्वी चौकी गाउँपालिकाको लागि उपयोगी होस् ।

अहिले भएको विकास र प्रगति क्रमशः

प्रतिक्रिया दिनुहोस्