टीकापुर अस्पतालमा निशुल्क खाना, कोरोना संक्रमित हर्षित


ओकेजनता डेस्क
२ जेष्ठ २०७८, आईतवार

कैलाली । कोरोना संक्रमितका लागि “दु:खमा साहारा, सबैलाई आहारा” भन्ने ध्येयले शुरु गरिएको खाना अभियान प्रभावकारी बन्दै गएको छ ।

टीकापुरका युवा व्यवसायी राजेन्द्र शाहीको पहल र पत्रकार खेम बमको संयोजनमा शुरु गरिएको अभियानले टीकापुर अस्पतालभित्र रहेका कोरोना संक्रमितलाई राहत मिलेको छ ।

प्रत्येक दिन ५० खाना प्याकिङ हुँदै आएकोमा अब भने त्यसको परीमाण बढ्ने भएको छ । कोरोना संक्रमितलाई हेरचाह गर्ने स्वास्थकर्मीले समेत खाना राम्रो भएको भन्दै बढाउन आग्रह गरेका छन ।

युवा व्यवसायी शाहीको पहलमा शुरु गरिएको अभियानको छैठौं दिनसम्म स्थानीय युवाहरुले पनि खाना पकाउन र अस्पतालसम्म पुर्याउन निस्वार्थ सहयोग गरेका छन ।

अभियान प्रभावकारी बनेको भन्दै चौतर्फी प्रशंसा भएको छ ।

प्रतिक्रिया दिनुहोस्