ओली-नेपालको नयाँ सहमतिले खुसीयाली


ओकेजनता डेस्क
३१ बैशाख २०७८, शुक्रबार

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि पनि वार्ता हुँदैछ ।

दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

‘कार्यदलको बैठकचाही होइन, तर अन्य नेताहरु (हामी) समेतलाई पनि दुई नेताको छलफलमा बोलाइएको छ । ६ बजेबाट छलफल सुरु हुँदैछ’, नेम्वाङको भनाइ छ ।

ओली र नेपालबीच बिहीबार भएको वार्ताको सहमतिअनुसार कार्यदलमा रहने नेताहरुलाई वार्तामा बोलाइएको बताइएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्