चपली हाइटमा माधवको इन्ट्री देखेपछि ओली तीन छक्क


ओकेजनता डेस्क
३० बैशाख २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली बूढानीलकण्ठ, चपली हाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा पुगेका छन् ।

प्रधानमन्त्री ओली बरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ताका लागि थापाको घरमा पुगेका हुन् ।

अध्यक्ष ओलीले केही अगाडि नै पुगेर माधव नेपाललाई प्रतिक्षा गरेका थिए । केही ढिलो गरी पुगेका नेता नेपालसँग अहिले ओलीले छलफल गरिरहेका छन् ।

अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच आज निर्णायक वार्ता हुने बताइएको छ ।

प्रधानमन्त्री ओली जेठ २ को अवस्थामा फर्कन तयार नभएर सामुहिक राजीनामा दिने माधव नेपाल पक्षको तयारी छ । ओली पक्ष पनि नेता नेपालसँग केही नरम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्