परोपकारी कर्ममा यूवा व्यवसायी राजेन्द्र शाही, कोरोना संक्रमितलाई आहारा


ओकेजनता डेस्क
२७ बैशाख २०७८, सोमबार

कैलाली । टीकापुरका यूवाहरुको समूहले कोरोना संक्रमित भएर उपचार गराइरहेका बिरामीलाई खानेकुरा हस्तान्तरण गरेका छन ।

टीकापुर अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई लक्षित गर्दै यूवा व्यवसायी राजेन्द्र शाहीको पहलमा फ्राइ राइस, स्यानीटाइजर, मास्क, पानी वितरण गरिएको हो ।

स्व:स्फूर्त रुपमा खटिएका यूवाहरुले अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।

यूवा व्यवसायी शाहीको व्यक्तिगत सहयोगमा आजदेखी कोरोना संक्रमितलाई खानेकुरा दिन शुरु गरिएको हो । व्यवसायी शाहीले दु:खी पीडितहरुलाई सेवा गर्नु हरेक नागरिकको कर्तव्य रहेको भन्दै आफूले सक्दो सहयोग गर्दै जाने बताए ।

खानेकुरा हस्तान्तरण गर्ने क्रममा अध्यक्ष रावलले यूवाको समूहलाई धन्यवाद दिए । सामाग्री हस्तान्तरणका क्रममा जनता टेलिभिजनका जिल्ला कोर्डिनेटर एवम सम्पादक खेम बमले आगामी दिनमा यो क्रम निरन्तर चल्ने बताए ।

यो अभियानमा अन्य व्यक्तिलाई समेत सहभागी गराइने बमले बताए ।

कुनै क्लब, संस्था नभइ नितान्त व्यक्तिगत रुपमा कोरोना संक्रमितलाई आजदेखी खाना खुवाउन शुरु गरिएको छ ।

अभियानकै क्रमम शिविरमा रहेका गरिब, विपन्नलाई चामल, दाल हस्तान्तरण गरिदैछ ।

प्रतिक्रिया दिनुहोस्