मन्त्रीमण्डलको सेट नै परिवर्तन, कहिलेसम्म आउँछन् नयाँ मन्त्री ?


ओकेजनता डेस्क
९ आश्विन २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँ अगावै मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेका छन् । अहिले भएको मन्त्रीमण्डलको सेट नै परिवर्तन गर्ने तयारी भइरहेको नेकपा स्रोतले जनाएको छ ।

सबै मन्त्रीहरुलाई हटाएर काम र क्षमताका आधारमा दोहो¥याइने छ र केही नयाँ मन्त्रीलाई स्थान दिइने छ । भर्खरै सम्पन्न पेरिसडाँडाँको सचिवालय बैठकले मन्त्रीमण्डल परिवर्तन गर्नेबारे छलफल गरेको थियो ।

मन्त्रीमण्डल पुनर्गठनमा अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक देखिएका छन् । हाल मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्रीहरुको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो तयारी गर्नुभएको हो ।

शुक्रबार पनि मन्त्रीमण्डल पुनर्गठनबारे नेकपाका शीर्षस्थ नेताहरुबीच छलफल भएको थियो । शुक्रबारको बैठकले विश्वविद्यालयको नियुक्ति गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्