कोरोनाबाट संघीय संसद सचिवालयमा कार्यरत उपसचिवको निधन


ओकेजनता डेस्क
२४ बैशाख २०७८, शुक्रबार

काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत कानुन उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको छ ।

कानुन मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालले २२ गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए ।

खनालको पत्थरीको उपचारका लागि हालै शल्यक्रिया गरिएको, मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको संसद सचिवालयले जनाएको छ ।

सोही समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । संसद सचिवालयले सांसद तथा कर्मचारीको पीसिआर परीक्षण अनिवार्य गरेपछि २२ गते नयाँ बानेश्वरमा उनले स्वाव दिएर गएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्