नेपालका नेताहरु, चुट्किलामै रमाउने !!


ओकेजनता डेस्क
९ आश्विन २०७७, शुक्रबार

छिमेकीले सिमानामा पिल्लर लडाउने
नेपालका नेताहरु चुट्किलामै रमाउने !!

दुई देशको वार्तामा राजदूतले ठटाउने
अर्कै देशका पीआरधारी सिंहदरबार छिराउने !!

देशको सबै अर्थतन्त्र विप्रेषणको भरमा
खान छैन लाउन छैन जनताको घरमा !!

दिनानुदिन देशको हालत दयनीय बन्दै गाछ
पीएमज्यूले चुट्किलाले जनतालाई रुनु भाछ !!

प्रतिक्रिया दिनुहोस्