आन्तरिक हवाई उडान बन्द


ओकेजनता डेस्क
२० बैशाख २०७८, सोमबार

काठमाडौं । सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २० गते राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले भारतबाट हुने सबै उडान स्थगित गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय उडान भने वैशाख २२ गते रातीबाट स्थगित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले केही दिनअघि उडान बन्द गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्