बिहीवारदेखी लकडाउन शुरु, विमानस्थलको अवस्था यस्तो रहने


ओकेजनता डेस्क
१५ बैशाख २०७८, बुधबार

काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबारदेखि सवारी साधन चलाउन निषेध गरिएको छ ।

हवाई उडान सुचारु नै रहने हुनाले विमानस्थल आवतजावत गर्ने यात्रुका लागि प्रिपेड ट्याक्सी सुचारु गर्ने अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयको तयारी छ ।

काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले टिकट देखाएर विमानस्थलसम्म जान पाउने निर्णय गरेका छन् ।

तर, निजी सवारी नभएका यात्रुका लागि प्रिपेड ट्याक्सीलाई सुचारु गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयका महाप्रबन्धक प्रतापबावु तिवारीले बताए ।

‘प्रिपेड ट्याक्सीमार्फत यात्रुलाई आवत–जावत गराउने तयारी गरिरहेका छौं’ महाप्रबन्धक तिवारीले भने– ‘निषेधाज्ञाको बीचमा विमानस्थल खुल्ला हुने हुनाले यहाँको लागि डेडिकेटेड यातायातको व्यवस्थापन गर्नेबारे छलफल भइरहेको छ ।

विमानस्थलमा ५ हजार कर्मचारी कार्यरत छन् । निजी सवारी नभएका कर्मचारीका लागि यातायातको व्यवस्थापन गर्नेगरी पनि उपत्यकाका प्रजिअहरुसँग छलफल भइरहेको तिवारीले बताएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट डोमेष्टिकतर्फ दैनिक १ सय २९ र अन्तर्राष्ट्रियतर्फ १६ जहाजले उडान भरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्